बंगलादेशी अभिनेत्री नुसरत फारिया पक्राउ, हत्या प्रयासको आरोप

काठमाडाैं । बंगलादेशी अभिनेत्री नुसरत फारियालाई ढाका विमानस्थलमा हत्या प्रयासको आरोपमा पक्राउ गरिएको छ । थाइल्याण्ड उडानका लागि विमानस्थल पुगेकी अभिनेत्रीलाई पक्राउ गरिएकाे हाे ।

फारियाले चलचित्रमा बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको भूमिका निर्वाह गरेकी छिन् । फरियामाथि २०२४ को विद्यार्थी आन्दोलनको क्रममा हिंसा भड्काएको र हत्या प्रयासमा संलग्न भएको आरोप छ ।

गत वर्ष जुलाईमा सरकार विरोधी प्रदर्शनका क्रममा भएको हिंसाको सम्बन्धमा फारियाविरुद्ध पक्राउ वारेन्ट जारी गरिएको थियो ।

गत वर्ष बंगलादेशमा भएको हिंसाका कारण पूर्वप्रधानमन्त्री शेख हसिनाले राजीनामा दिनुपरेको थियो र देश छोड्नुपरेको थियो । फरियामाथि शेख हसिनाका समर्थकहरूले सुरु गरेका विरोध आन्दोलनहरूलाई आर्थिक सहयोग गरेको आरोप छ ।