भ्लगर तथा युट्युबर ज्योति मल्होत्रा ​​पक्राउ

काठमाडाैं । हरियाणा ट्राभल भ्लगर तथा युट्युबर ज्योति मल्होत्रा ​​पक्राउ परेकी छन् । पाकिस्तानलाई गुप्तचर जानकारी उपलब्ध गराएको आरोपमा हरियाणा र पञ्जाब प्रहरीले यस हप्ता पक्राउ गरेकाहरूमा उनी पनि पर्छिन् ।

हरियाणा प्रहरीका अनुसार ज्योति मल्होत्राको मोबाइल र ल्यापटपबाट केही शंकास्पद सामग्री फेला परेको छ ।

उनीविरुद्ध आधिकारिक गोपनीयता ऐन र भारतीय दण्ड संहिता (BNS)को धारा १५२ (भारतको सार्वभौमसत्ता, एकता र अखण्डतालाई खतरामा पार्ने कार्यहरू) अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

पक्राउ परेदेखि नै ज्योतिको पाकिस्तान भ्रमणको बारेमा धेरै छलफल भएको छ । यसबाहेक, उनको अर्को भिडियो पनि समाचारमा छ, जुन गत वर्ष भारतस्थित पाकिस्तानी उच्चायोगको डिनर पार्टीको हो ।

ज्योति मल्होत्राको युट्युब च्यानल र इन्स्टाग्राम पेजको नाम ‘ट्राभल विथ जो’ राखिएको छ । बीबीसी