फ्राइडे रिलिजमा राजेश हमालको ‘नरसिंहा अबतार’

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आजबाट नेपाली चलचित्र ‘नरसिंहा अबतार’ प्रदर्शनमा आएको छ । देशभरका हलमा यो सिनेमा प्रदर्शनमा आएको हो ।

दिवाकर भट्टराईले निर्देशन गरेको चलचित्रको मुख्य भूमिकामा राजेश हमाल छन् । उनी आठ वर्षपछि चलचित्रमा फर्किएका हुन् ।

क्रियटिभ सिने आर्टसको ब्यानरमा बनेको यो सिनेमामा नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी छ ।

सिनेमामा राजेश हमालसँगै राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी, दीपा शाही लगायतका कलाकारहरुको अभिनय छ ।

राजु विक्रम थापाको छायांकन तथा साहिल खानको सम्पादन छ ।