आर्ट खबर दोस्रो वर्षमा

तपाईंहरूको अथाह माया, प्रेम, सद्भाव र सहयोगका कारण आर्ट खबर दोस्रो वर्षमा प्रवेश गरेको छ । गत वर्ष आजैका दिनबाट हामी तपाईंहरूमाझ पहिलोपटक आएका थियौँ ।

एक वर्षको यो यात्रामा हामी सबैभन्दा पहिलो कसरी अडियन्स ( पाठक, दर्शक तथा स्रोता)को मन जित्नेभन्नेमा थियौँ । पाठकको मन जित्ने उद्देश्यबाट सुरु भएको हाम्रो यात्रामा हामीले सबैभन्दा पहिला सत्य, तथ्य र निष्पक्ष समाचार तथा समाचार साम्रगीलाई पहिलो प्राथमिकतामा राख्यौँ ।

हाम्रो यो प्रयासलाई सार्थक तुल्याएर तपाईंहरूले विश्वास र भरोसाको हातले थामिदिँदा हामीलाई थप जिम्मेवार हुने प्रेरणा मिलेको छ । यससँगै हामीले नैतिक दबाब पनि महसुस गरेका छौँ ।

हाम्रा आम पाठकलाई सत्य, तथ्य सूचना सम्प्रेशण गरिहँदा हामी नेपाल सरकारले तोकेको सम्पूर्ण कानुनी मापदण्डभित्र रहेर आर्ट खबरलाई सञ्चालन गरिरहेका छौँ ।

यो यात्रामा हामीलाई विश्वास गर्ने पाठक, स्रोता र दर्शक, विज्ञापन उपलब्ध गराएर सहयोग गर्ने सम्पूर्ण विज्ञापनदाता र हामीलाई अगाडि बढ्न सधैँ हौसला दिने सुभेच्छुकहरूप्रति आभारी छौँ ।

भीडमा हामीले केही फरक गर्ने कोसिस गर्‍यौं । साप्ताहिक रूपमा नियमित रूपमा सम्पादकीय प्रकाश गर्‍यौं । सन्दर्भअनुसार टिप्पणी प्रकाशन गर्‍यौं । यसलाई आगामी दिनमा पनि निरन्तरता दिने नै छौँ ।

हामीले नयाँ पुस्ताका लागि जानकारी अग्रज पुस्ताका लागि पुनरताजगी तथा अनदेखा गरिएको विषयलाई प्रकाशन गर्न थालेका छौँ । यसलाई फिल्मी रेकर्ड स्तम्भको नाम दिएका छौँ ।

सूचना र जानकारीसँगै सम्बन्धित क्षेत्रमा रहेका विकृति र विसंगतिप्रति खबरदारी गर्नु हाम्रो जिम्मेवारी हो । जिम्मेवारीबाट विचलित हुने छैनौँ ।

नयाँनयाँ सामग्री लिएर आउने प्रण गर्दै तपाईंहरूको साथ, सहयोग र सुभेच्छाको थप अपेक्षा गर्छौं । आजसम्मको यात्रामा सहयोग गर्ने सम्पूर्णमा आभार प्रकट गर्दै थप सुझाव र सल्लाहको आशा गर्छौं । यहाँहरूको सुझाव र सल्लाह नै हाम्रो मागर्दशन बन्नेछ । यसैले हाम्रो आगामी यात्रा तय गर्नेछ ।