‘के घर के डेरा : घर नं २’को स्याड सङ रिलिज

काठमाडौं । चलचित्र ‘के घर के डेरा : घर नं २’को नयाँ गीत सार्वजनिक भएको छ । स्याड भर्सनको गीत ‘ढुंगा देउता भयो’ बोलको गीत निर्माणपक्षले सार्वजनिक गरेको हो ।
गीतले सिनेमाको मुख्य पात्रको थिम बताउँछ । सोच्दै नसोचेको मान्छे कसरी जिन्दगीमा सहयोगी बनेर प्रकट हुन्छ भन्ने यो गीतले बताउने प्रयास गरेको छ ।
केतेन क्षेत्रीको स्वर रहेको गीतमा शब्द बुद्धिसागरको छ । संगीत सुवास भुसालको रहेको छ । भिडियोमा सिनेमा मुख्य कलाकार छन् । सिनेमाका फुटेज भिडियोमा छन् ।
जेठ २ गतेबाट रिलिज भएको चलचित्र अहिले प्रदर्शनरत छ । चलचित्रले सकारात्मक वर्ड अफ माउथ पाएको निर्माणपक्षले बताएको छ ।
चलचित्रको कथा सँगै अभिनयको दर्शकले तारिफ गरिरहेको निर्माणपक्षले दाबी गरेको छ । सिनेमाको कथा साहित्यकार बुद्धि सागरले लेखेका हुन् ।
दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय रहेको छ ।
‘के घर के डेरा : घर नं २’ चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो ।
कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको ‘के घर के डेरा : घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्माताका रूपमा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन् ।