अभिनेत्री सिवाकोटीले उद्घाटन गरिन् आइएसएएसको नयाँ शाखा

काठमाडौं । अन्तर्राष्ट्रिय क्षेत्रमा प्रसिद्ध ब्युटी एकेडेमी आइएसएएसको नयाँ शाखा काठमाडौंको नयाँबानेश्वरमा सुरु भएको छ । करिब चार करोड ५० लाख लगानीमा सञ्चालनमा आएको शाखाको अभिनेत्री वर्षा सिवाकोटीले उद्घाटन गरिन् ।

आइएसएएसमा ब्युटी सम्बन्धी छोटा तथा लामो अवधिका तालिम प्रदान गरिनेछ । एकेडेमीमा तालिमप्राप्त जनशक्तिले विभिन्न क्षेत्रमा रोजगारी प्राप्त गर्न सक्ने जनाइएको छ ।

अभिनेत्री सिवाकोटीले आइएसएएस उद्घाटन गर्दै महिला सशक्तीकरणको अभियानअन्तर्गत उनीहरुलाई सिपमूलक रोजगारी हासिल गर्न एवं उद्यमी बनाउनका लागि पनि एकेडेमीले भूमिका निर्वाह गर्ने बताइन् ।

ब्युटी सम्बन्धी अन्तर्राष्ट्रिय कोर्स अध्यापन गराउने उद्देश्यले कम्पनीले भारतका विभिन्न सहर, दुबई र श्रीलंकासँगै नेपालमा पनि स्कुल स्थापना गरेको हो ।

अन्तर्राष्ट्रिय सौन्दर्य शिक्षाको क्षेत्रमा प्रसिद्ध ग्लोबल ब्युटी आइकन भक्ति साप्केले सुरु गरेको अन्तर्राष्ट्रिय ब्रान्ड हो । करिब दुई दशकभन्दा लामो अनुभव भएकी साप्के ‘सिडेस्को सेक्सन युएई’की अध्यक्ष समेत हुन् ।

साप्केको नेतृत्वमा आइएसएएसले ११ आउट लेट बिस्तार गरेको छ । साथै अमेरिकामा पनि शाखा खोल्ने तयारी अघि बढाएको उनको भनाइ छ ।