गरिमा शर्मा भन्छिन्– मलाई ‘जन्ते बाख्रो’ले विदेशिनबाट रोक्यो

काठमाडौं । नायिका गरिमा शर्माले आफूलाई विदेश पलायन हुनबाट ‘जन्ते बाख्रो’ले रोकेको बताएकी छन् । ‘जन्ते बाख्रो’बाट अफर नआएको भए आफू विदेश पलायन हुने सोचमा रहेको उनले बताइन् ।
“मेरो ब्याचलर्स पनि सकिँदैथियो । सबै विदेश गइरहेका बेला अब म पनि विदेश जाने कि के गर्ने भन्ने सोचमा थिएँ । ठिक यही बेला जन्ते बाख्रोबाट अफर आयो,” गरिमा भन्छिन्, “सायद यो सिनेबाट अफर आउँदैनथियो भने म विदेश जानेथिएँ । त्यसैले जन्ते बाख्रोले मलाई विदेश जानबाट रोक्यो ।”
आफू नेपालमै बस्न र केही गर्न रुचाउने पात्र भएको उनी बताउँछिन् । चलचित्र त्यो पनि मुख्य पात्रमै अफर आउन नसोचेको कुरा भएको उनी बताउँछिन् ।
“म नेपालमै काम गर्न रुचाउँछु । मलाई नेपालमै मर्ने रहर छ,” उनले भनिन् । ‘जन्ते बाख्रो’मा उनी मुख्य भूमिकामा छिन् ।
‘जन्ते बाख्रो’ आगामी जेठ २३ गते शुक्रबारबाट प्रदर्शनको तयारीमा छ ।
चलचित्र ‘जन्ते बाख्रो’मा सौगात मल्ल, गरिमा शर्मा, आसिफ शाह, विशाल पहारी, कमल देवकोटा, लोकेन्द्र लेखक, समापिका गौतमलगायत छन् ।
निर्देशक सिमोस सुनुवार हुन् भने लेखक प्रदीप भारद्वाज हुन् । निर्माता सन्तोष गौतम हुन् ।
सिनेमामा हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन र सुनील शिवभक्तिको सम्पादन रहेको छ ।
टिफल्क फिल्म्सले वितरण गर्ने यो सिनेमाको डिजिटल अधिकार जी टु वान डिजिटलले प्राप्त गरेको छ ।