दिपाश्री निरौलाद्वारा ‘डे लवन्डिस’ युनिसेक्स पार्लरको उद्घाटन

काठमाडाैं । कलाकार, निर्देशक तथा निर्मात्री दिपाश्री निरौलाले काठमाडौँको चाबहिलमा ‘डे लवन्डिस’ नामक युनिसेक्स ब्युटी पार्लरको उद्घाटन गरेकी छिन् ।
निरौलाले शनिवार चावहिल स्थित स्तुपाको अपोजिटमा खुलेको नयाँ पार्लरको उद्घाटन गरेकी हुन् । यो पार्लरको मुख्य शाखा भरतपुर, चितवनमा रहेको छ ।
हेयर एक्सटेन्सन सेवामा प्रसिद्धि कमाएको यस पार्लरको काठमाडौँ शाखा पनि ग्राहकहरूको मागलाई ध्यानमा राखेर सुरु गरिएको सञ्चालिका इन्द्रा श्रेष्ठले जानकारी दिइन् ।
सञ्चालिका श्रेष्ठका अनुसार छोटो वा कपाल नहुने व्यक्तिहरूका लागि हेयर एक्सटेन्सन निकै प्रभावकारी सेवा सावित हुँदै आएको छ, जसले अझै यस क्षेत्रमा आफूलाई समर्पित गर्न प्रेरणा मिलेको उनी बताउँछिन् ।
साथै, क्यान्सर पीडितहरूका लागि ५० प्रतिशत छुटमा सेवा प्रदान गरिरहेको श्रेष्ठले जानकारी दिइन् । कुनै व्यक्तिले डोनेट गरेको कपाल प्रयोग गरी क्यान्सर पीडितहरूलाई एक्सटेन्सन सेवा दिइँदै आएको पनि उनले उल्लेख गरिन् ।
नयाँ शाखामा हेयर एक्सटेन्सनका साथै हेयर कलर, ल्यासेस, नेल आर्ट तथा मेकअप सेवा पनि उपलब्ध छ । सौन्दर्य क्षेत्रमा चितवनमा सफलतापूर्वक नाम कमाएकी श्रेष्ठलाई अभिनेत्री दिपाश्री निरौलाले काठमाडौँको विस्तारमा पनि उत्तिकै सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरिन् ।