के हो ‘हाउसफुल–५’को डबल क्लाइमेक्सको रणनीति ?

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमार अभिनीत सिनेमा ‘हाउसफुल–५’ भोलिबाट रिलिज हुँदैछ । उच्च शो पाएको यो सिनेमा धेरै हलमा हाउसफुल हुने क्रममा रहेको छ ।
अनौठो के छ भने सिनेमाको दुईवटा भर्सन रिलिज हुँदैछन् । दुईवटा भर्सनको नाम ‘हाउसफुल–५ ए’ र ‘हाउसफुल–५ बी’ राखिएको छ ।
हरेक थिएटरमा यी दुवै भर्सन रिलिज हुनेछन् । दर्शक हलमा जाँदा रेन्डम्ली ‘हाउसफुल–५ ए’ र ‘हाउसफुल–५ बी’ मध्ये जुनसुकै भर्सन रिलिज हुनेछ ।
यी दुईवटा भर्सनमा फरक के छ भने क्लाइमेक्स अर्थात् अन्तिम २० मिनेट फरक–फरक छ । दर्शकलाई आफूले हेरेको भर्सन हेरेपछि अर्को भर्सनको क्लाइमेक्स अर्थात् अन्तिम २० मिनेट कस्तो छ भनेर हेर्न मन लागेको खण्डमा फेरि टिकट काटेर अर्को टिकट हेर्नुपर्नेछ ।
लेखक, निर्माता र निर्देशकले यस्तो किन गरे ? धेरैले पैसा कमाउने रणनीति भनिरहेका छन् । तर निर्माणपक्षले भने नयाँ प्रयोग भनेका छन् । पहिलादेखि नै सोचिरहेको यो प्रयोग अहिले आएर पूरा गरेको बताएका छन् ।
एउटा भर्सन हेरेका दर्शकले अर्को भर्सन हेर्छन् कि हेर्दैनन्, त्यो भने हेर्न बाँकी छ ।
यो चलचिको कथा एक मर्डरर गरिने खोजीमा केन्द्रित छ । सिनेमाको रञ्जितको सम्पत्तिको मालिक घोषणा गर्ने प्रसंग छ ।
तरूण मनसुखानले निर्देशन गरेको चलचित्रमा अक्षय कुमारसँगै अभिषेक बच्चन, ज्याकलीन फर्नांडिस, रितेश देशमुख, श्रेयस तलपडे, फरदीन खान, चंकी पान्डे, सौन्दर्या शर्मा, जोनी लिवर, निकेतन धीर, डीनो मोरिया, नरगिस फाखरी, चित्रांग्धा सिंह, सोनम बाजवा, रन्जीतलगायत कलाकारको अभिनय छ ।
चलचित्रमा सञ्जय दत्त र ज्याकी श्राफको पनि महत्वपूर्ण भूमिका छ ।