‘यो मन त मेरो नेपाली हो’को टिजर सार्वजनिक

काठमाडौं । चलचित्र ‘यो मन त मेरो नेपाली हो’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजर नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्व र नेपाली भाषाको गौरवसँगै नेपाली को हुन् भन्ने विषयलाई उठान गर्न खोजेको छ ।
असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमामा रोशन श्रेष्ठ, विजय बराल ,विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खातीलगायतको अभिनय रहेको छ।
पद्यमा इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’लाई ज्ञान बहादुर प्रधान (रोशन)ले निर्माण गरेका हुन् ।
अमेरीकामा रहेका साहित्यकार मित्र प्रधानको निर्देशन रहेको यस चलचित्रमा शिवम् अधिकारीको लेखन रहेको छ ।
सौरभ लामाको छायांकन ,देव महर्जन द्वन्द्व ,समिर मियाको भिएफएक्स ,कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी, सम्पादक बनिश शाह तथा सिजिआई सत्यम राना रहेको छ ।