फर्कि फर्कि-२ निर्माणकाे घाेषणा, मुख्य भूमिकामा अनमाेल नै हाेलान् ?

काठमाडाैं । चलचित्र फर्कि फर्कि-२ काे घाेषणा गरिएकाे छ । अघिल्लाे वर्ष प्रदर्शन भएकाे फर्कि फर्किकाे सिक्वेल निर्माणकाे घाेषणा गरिएकाे हाे ।

निर्माता राेहित अधिकारीले ओएसआर डिजिटलसँग मिलेर सिनेमा बनाउने भएका हुन् । फर्कि फर्कि-२ लाई सुयाेग गुरुङले निर्देशन गर्नेछन् ।

सन् २०२६ मा रिलिज हुने सिनेमाका कलाकार तथा कथा वस्तुबारे भने केही पनि जानकारी दिइएकाे छैन । फर्कि फर्किमा मुख्य भूमिकामा अनमाेल केसी र जसिता गुरुङ थिए ।

सिक्वेलमा यीनै कलाकार रहन्छन् अथवा अरु नै मुख्य भूमिकामा रहन्छन् निर्माण पक्षले खुलाएकाे छैन ।