‘बलिदान’को फर्ष्ट लुक्समा सौगात नै हुन्, चिनिन्छन् ?

काठमाडौं । चलचित्र ‘बलिदान’को दसैँको अवसर पारेर फुलपातीका दिन रिलिज हुँदैछ । चलचित्रको प्रचार पनि सुरु भइसकेको छ ।
निर्माण घोषणादेखि नै चर्चामा रहेको यो सिनेमाको हाइप त्यतिबेला थप बढ्यो जब समीर भट्टको प्रवेश भयो । चलचित्र यतिबेला समीरका कारण थप चर्चामा छ ।
निर्देशक सन्तोष सेन आफैँ पनि आफ्नो चलचित्रको हाइप बनाउन कुनै कदम बाँकी राख्दैनन् । त्यसमा पनि समीर जोडिएपछि सिनेमाको चर्चा र हाइप त हुने नै भयो ।
सिनेमा रिलिज हुन अझै चार महिना बाँकी छ । तर, सन्तोषले गएको चार महिनाभन्दा निकै अगाडिदेखि नै यो सिनेमाको प्रचारमा कुनै कसर बाँकी छैन ।
समीरको बर्थ डेका अवसरमा निकालिएको प्रि–टिजर नै हलमा बजाइसके । चलचित्र निर्माणको घोषणामा बलिदानको अनाउन्समेन्ट भडियो नै बजाएका थिए ।
अहिले उनले चलचित्रका अर्का मुख्य कलाकार सौगात मल्लको फर्स्टलुक भनेर सार्वजनिक गरेका छन् । सौगात मल्लका फरक फरक लुक्स छन्, यसमा ।
निर्देशक सन्तोषले सौगातको प्रशंसा गर्दै सार्वजनिक गरेका पोस्टरमा सौगातलाई एक्सन लुक्समा देख्न सकिन्छ । कपाल, दारी, बुलाकी, चस्मा, गम्छा, कालो ड्रेस अनि हातमा खुँडा । यसले उनी बदला लिने मुडमा रहेको प्रष्ट देखिन्छ । पृष्ठभूमीको भीडले त्यसलाई थप प्रष्ट पारेको छ ।
तर, एउटा कुरा चाहिँ खड्किन्छ । त्यो के भने कुनै पनि लुक्समा सौगातको ओर्जिनल लुक्स देखिँदैन । सन्तोष सेनले सौगात मल्ल यिनै हुन् भनेर सौगातको फर्स्ट लुक्स भनेर सामाजिक सञ्जालमा सेयर गरे । सन्तोषलाई विश्वास गर्नै परो, होला नि उनले सौगायत यिनै हुन् भनेपछि ।
यदि, सन्तोषले यही पोस्टर सार्वजनिक गर्दै यो को हो भनेर सोधेका भए, सायदै कसैले चिन्थ्यो होला सौगात भनेर ।
क्यारेक्टर लुक्स र अभिनयमा सौगातलाई चुनौती दिने अहिले कमै होलान् कलाकार । तर, उनको लुक्स कम्तीमा थोरै भए पनि मिलेको भए राम्रै हुन्थ्यो होला । रेम्डमली सामाजिक सञ्जालतिर देख्नेले पनि सौगात भनेर चिन्नेसम्म भएको भए अझै राम्रो हुन्थ्यो कि ? जे होस्, ‘बलिदान’ भब्य सफल होस्, शुभकामना ।
आसुसेन फिल्म्स् प्रालिको प्रस्तुति रहेको यस चलचित्रमा समीर भट्ट, सौगात मल्लसँगै अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय रहेको छ ।
पवन ब्राडफोर्ड बिस्ट निर्माता तथा प्रेम पुरी कार्यकारी निर्माता रहेका छन् ।