दाङमा अभिनय कार्यशाला हुने, भोलाराज सापकोटा प्रशिक्षक

काठमाडौं । दाङमा पहल नेपालको आयोजनामा अभिनय कार्यशाला हुने भएको छ । असार ६ देखि १० गतेसम्म दाङमा अभिनय कार्याशाला हुने भएको हो ।
संयोजक केएल बुढाथोकीले स्थानीयस्तरमा अभिनय क्षेत्रमा रुचि भएका व्यक्तिको सीप तथा दक्षता अभिवृद्धि गर्ने र नयाँ कलाकार उत्पादन गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको जानकारी दिए ।
प्रशिक्षण अभिनेता भोलाराज सापकोटाले दिनेछन् । कार्यशालामा अभिनय समबन्धी सैद्धान्तिक एवं प्रयोगात्मक कक्षाहरु सञ्चालन गरिने संयोजक बुढाथोकीले जानकारी दिए ।
कार्याशालाको समापनमा सहभागीहरुद्वारा तयार गरिएको नाटक मञ्चन गरिनेछ । बुढाथोकीका अनुसार कार्याशालाका उत्कृष्ट प्रशिक्षार्थीहरुले लघु चलचित्रमा अभिनयको अवसर पाउनेछन् ।
सबै उमेर समूहका इच्छुक व्यक्तिले कार्यशालामा सहभागी हुन पाउनेछन् ।