यी हुन् ‘जदौ’ टिमले सस्पेन्समा राखेका निर्देशक

काठमाडौं । अन्तरजातीय प्रेमकथामा निर्माण हुने चलचित्र ‘जदौ’को लाइनअप सार्वजनिक भइरहेको छ । निर्माण टिमले मुकुन भुसालसँगको अनुबन्ध गरेको तस्बिर आइतबार सार्वजनिक गरेको छ ।

भदौबाट सुटिङ थालिने ‘जदौ’को प्रमुख अभिनेत्रीमा केही दिनअघि साम्राज्ञी आरएल शाह यसअघि नै अनुबन्धित भइसकेकी छिन् । अभिनेत्री सन्ध्या श्रेष्ठ पनि यसअघि नै अनुबन्धित गरिएको निर्माण टिमले जानकारी दिएको छ ।

सिनेमामा काजी लिम्बूको निर्माण परिकल्पना छ । लेखन पनि उनकै छ । चलचित्रको निर्देशन कसले गर्नेछ त्यो भने निर्माणपक्षले सस्पेन्स नै राखिएको जनाएको छ ।

तर, भरपर्दो स्रोतले आर्टखबरलाई यसका निर्देशकबारे जानकारी दिएको छ । स्रोतका अनुसार काजी लिम्बू नै यसका निर्देशक हुन् । उनको यो डेब्यु सिनेमा हुनेछ ।

सिल्भर स्क्रिन र समिश्रण मुभिजको संयुक्त लगानीमा निर्माण हुने चलचित्रको सहनिर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ र शान्ती तामाङ छन् । श्याम तामाङले खिच्ने फिल्मका गीतमा बाबुल गिरीको संगीत रहनेछ ।

चलचित्र ०८२ सालभित्रै दर्शक माझ ल्याउने योजना रहेको जानकारी सिल्भर स्क्रिनकी प्रबन्धक निर्देशक विकला भन्डारीले दिएकी छिन् ।