कार्यक्रमका लागि रूकुम पश्चिम पुगेकी रचना रिमालको स्वास्थ्यमा समस्या, सेनाको हेलिकप्टरबाट उद्वार

काठमाडौं । गायिका रचना रिमाल अस्पताल भर्ना भएकी छन् । सांगीतिक प्रस्तुतिको सिलसिलामा रूकुम पश्चिम पुगेकी गायिकाको स्वास्थ्यमा अचानक समस्या देखिएको हो ।
रिमाललाई स्वास्थ्यमा समस्या भएपछि त्यहाँबाट नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेर उनलाई नेपालगञ्ज लगिएको थियो । नेपालगञ्जबाट मंगलबार बिहान उनलाई काठमाडौं ल्याएर अस्पताल भर्ना गरिएको स्रोतको भनाइ छ ।
सोमबार रूकुम पुगेकी रिमालले मंगलबार रूकुम पश्चिम सानिभेरीको बेलटापुमा सञ्चालन भइरहेको महोत्सवमा प्रस्तुति दिने तयारी थियो । तर मंगलबार बिहान अचानक पेट दुखेपछि उनलाई सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर रूकुम पश्चिमबाट नेपालगञ्ज लगिएको थियो ।
त्यहाँबाट पनि उनलाई मंगलबार बिहान काठमाडौं ल्याएर ह्याम्स अस्पताल भर्ना गरिएको स्रोतले बताएको छ ।