युवराजले ल्याए गीत ‘किन पीर मान्छौँ’

काठमाडौं । गायक युवराज छन्त्यालले नयाँ गीतको भिडियो रिलिज गरेका छन् । उनले ‘किन पीर मान्छौँ’बोलको गीतको भिडियो रिलिज गरेका हुन् ।
गायनमा उनलाई लोकप्रिय गायिका देवी घर्तीले सघाएकी छन् ।
गायन युवराजकै शब्द तथा संगीत रहेको गीतले आफ्नो मायालुलाई पीर नगरी बस्न आग्रह गरेको छ । प्रेमभावको गीत लोकलयमा रहेको छ ।
गीतको भिडियोलाई शिवम पोखरेलले निर्देशन गरेका छन् । उनको निर्देशनमा बनेको भिडियोमा नवीन सिरिस, सगुन शाही, रेनुका आले, वसन्तराज गौतम लगायतले अभिनय गरेका छन् । उनीहरुले गीतको भाव अनुसारकै अभिनय गरेको देख्न सकिन्छ ।
सुरज खनाल,राजु घलेले खिचेको यो गीतको भिडियोको सम्पादन सरोज शाहीले गरेका छन् । दर्शकले यो गीतको भिडियोलाई गायक छन्त्याल कै युटुब च्यानलमार्फत हेर्न सक्नेछन् ।