रोहितले कसलाई भने– कलाकारहरूको भिड जम्मा गर्दैमा निर्देशनमा सफल भइँदैन नि महासय !

काठमाडौं । निर्माता रोहित अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत रिस फेरेका छन् । सिधै उनले खुच्चिङ शैलीमा स्टाटस लेखेका छन् ।

प्रष्ट बोल्ने उनले नडराई स्टाटस लेखेका छन्, जसले उनको दुसमनी पहिला कसैसँग रहेको प्रष्ट पार्छ । उनले फेसबुकमा लेखेका छन्– सधैँ कलाकारहरूको भिड जम्मा गर्दैमा निर्देशनमा सफल भइँदैन नि महासय ! अरुलाई गरेको पापको नतिजा विस्तारै देखिँदै छ । अझै देखिन्छ मन पनि कालो नियतै खराब ।’

उनले कडा शब्द र भाषा प्रयोग गरे पनि व्यक्ति उल्लेख गरेका छैनन् । तर, निर्देशकलाई भनेको हो भन्ने चाहिँ प्रष्ट हुन्छ । किन भने उनले भनेका छन्, ‘सधैँ कलाकारहरूको भिड जम्मा गर्दैमा निर्देशनमा सफल भइँदैन नि महासय !’ यो वाक्यले उनले कुनै उक निर्देशकलाई भनेको छर्लङ हुन्छ ।

बाँकी कुरा रह्यो कसलाई भने भन्ने । माथिकै वाक्य अर्थात् ‘सधैँ कलाकारहरूको भिड जम्मा गर्दैमा’ भन्नेले कुनै त्यस्तो चलचित्र जसमा धेरै स्टार कलाकार छन् भन्ने संकेत गर्छ । असफल भयो नि भन्ने संकेतले अहिले प्रर्दशन भइरहेको चलचित्र भन्ने संकेत गर्छ ।

त्यसैले उनका यी संकेतले कतै चलचित्र ‘महाभोज’ र यसका निर्देशकलाई त उनले भनेमा होइनन् भनेर अनुमान लगाउन सकिन्छ । किन भने अहिले असफल भएको पनि ‘महाभोज’ नै हो आजका दिनसम्म दर्शक हलमा नआएको देख्दा र धेरै स्टार कलाकारको भीड पनि यसमै छ ।

उनको स्टाटसको कमेन्टमा पनि धेरैले ‘महाभोज’लाई भनेको भनेर भनिरहेका छन् । केही रोहितको समर्थनमा त कोही ‘महाभोज’को पक्षमा कमेन्ट गरिरहेका छन् ।

रोहितले आफ्नो चलचित्रसँग जुधाउदिनँ भनेर अन्तिम समयमा जुधाउन ल्याएको भनेर भनिरहेका छन् । त्यो भनेको दिनेश राउतको निर्देशन रहेको ‘पूजार सार्की’ हो । जुन रोहितको ‘फर्की फर्की’सँग एकै दिन रिलिज भएको थियो ।

यी दुई अर्थात् रोहित र दिनेशबीच सँगै काम गर्ने भनेर सिनेमा साइन समेत भइसकेको अवस्थामा अन्तिममा यी दुईबीच कुरा नमिलेपछि दिनेशले अरु नै निर्माताको चलचित्र निर्देशन गरेका थिए । रोहितले पनि अरु नै निर्देशक लिएर सिनेमा बनाएका थिए ।

त्यसैले त्यो बेलादेखिको रिस अहिले आएर फेसबुकमा रोहितले पोखेको धेरैको अनुमान छ ।

रोहितको स्टाटसमा कलाकार दीपकराज गिरीले पनि कमेन्ट गरेका छन् । जसले रोहितको ‘छ माया छपक्कै’सँगै काम गरेका थिए । उनले एकअर्काको दुःखमा खुसी हुनेभन्दा पनि मिलेर सँगै जानुपर्नेमा जोड दिएका छन् ।

“हामी सबै एक अर्काको असफलतामा खुसी हुन थालेको धेरै नै भयो । अरूले नलेखी व्यवहारमा देखाउथेँ । तिमीले लेख्यौ नै । पछिल्ला दिनमा हाम्रो उद्योगमा जे संस्कार विकास भैरहेको छ त्यसले । एकादेशमा नेपालमा सिनेमा पनि बन्थ्यो । मज्जाले चल्थ्यो पनि तर पछि आफैँआफैँ लडेर सिद्दिए भन्ने इतिहास लेखिएला कि भन्ने डर छ,” दीपकले लेखेका छन्, “आफ्ना चलचित्र रिलिजताका भएका आक्रमणहरूलाई पनि सम्झन्छु । अनि हामी सिनेमा बनाइरहेका छौँ कि बम ? सबै एक अर्कालाई डिफ्युज गर्नमा व्यस्त छन् ।”