पाँच करोडमाथि व्यापार गर्ने २५ चलचित्रलाई सम्मान गर्दै बोर्ड

काठमाडौं । चलचित्र विकास बोर्डले सबैभन्दा धेरै व्यापार गर्ने २५ चलचित्रका निर्मातालाई सम्मान गर्ने निर्णय गरेको छ ।

बोर्ड स्थापना भएको २५ वर्ष पुगेको अवसरमा सबैभन्दा धेरै व्यापार गर्ने २५ चलचित्रलाई सम्मान गर्न लागिएको बोर्डले जनाएको छ ।

यसका लागि चलचित्र वितरकले निर्मातालाई भुक्तानी गरेको प्रमाण खुल्ने कागजात पेस गर्नुपर्नेछ ।

“…देशभित्र स्वदेशी चलचित्रको कुल व्यापार ५ (पाँच करोड) भन्दा माथि भएका अधिकतम् व्यापार गर्ने पहिलो २५ चलचित्रका निर्मातालाई सम्मान गर्ने कार्यक्रम तय भएको छ । सूचना प्रकाशित भएको मितिले सात दिनभित्र स्वदेशी चलचित्र निर्माण कम्पनी वा वितरकले प्रमाण खुल्ने कागजातसहित बोर्डमा पेस गर्नपर्नेछ,” बोर्डले भनेको छ ।”