पहिलोपटक गाउँले भूमिकामा देखिँदै अनमोल,‘बाटुलो जुन’ निर्देशन गर्दै भुवन

काठमाडौं । नयाँ नेपाली चलचित्र ‘बाटुलो जुन’ निर्माण हुने भएको छ । यो सिनेमाको केही दिनअघि चलचित्र विकास बोर्डबाट निर्माणको अनुमति लिएको हो ।

‘सनराइज पिक्चर्स प्रालि’को ब्यानरमा निर्माण हुने यो चलचित्रलाई निर्माता तथा अभिनेता भुवन केसीको निर्देशन गर्ने भएका छन् । भुवनले चलचित्र ‘ड्रिम्स’पछि निर्देशन गर्न लागेको यो दोस्रो सिनेमा हो ।

बुझिएअनुसार ‘बाटुलो जुन’ले नेपाली ग्रामीण समाजको परिवेश र कथा रहनेछ । अभिनेता अनमोल केसी यही चलचित्रमार्फत पहिलोपटक ग्रामीण युवकको भूमिकामा देखिने भएका छन् ।

चलचित्र ‘बाटुलो जुन’मा अनमोलसँगै दुई नयाँ अभिनेत्री हुने र अडिसनमार्फत छनौट गरिने बुझिएको छ ।

चलचित्रको नाम निर्देशक भुवन केसीले संगीतकार एसडी योगीको गीत ‘बाटुलो जुन’बाट प्रेरणा लिएर राखेको बताइएको छ ।

अनमोल अर्को प्रोजेक्ट ‘जेरी अनटप’को गीत छायांकन सकिएपछि यो चलचित्रको छायांकन असार दोस्रो साता मकवानपुरको चित्लाङमा सुरु हुने तयारी छ ।

जिया केसीले निर्माण गर्ने ‘बाटुलो जुन’को बजेट बोर्डमा २५ लाख मात्र भनिएको छ ।