मिस पबीको ब्याडलक !

काठमाडौं । टिकटकमार्फत भाइरल बनेकी पवित्रा साँकी, जसलाई धेरैले मिस पबीको नामले चिन्छन्, अहिले नेपाली मनोरञ्जन क्षेत्रमा चर्चाको पात्र बनेकी छिन् ।
सुरुवाती चरणमा सुदूरपश्चिम प्रदेशमा प्रयोग हुने बोलीचालीको डोटेली भाषाको प्रयोग ख्याल ख्यालमै भाइरल हुन पुगे उनको घाँस दाउरा काटेको, पशु चौपाया हेरेको अनि मल फालेको भिडिओहरू पोस्ट गर्ने उनी नाचगान, रमाइला ठाउँहरूको बयान गर्नेदेखि सन्देशमूलक भिडिओहरूबाट प्रशंसा बटुल्दै चर्चा चुलिन थाल्यो ।
डोटेली भाषामा बनाइएको टिकटकको २० सेकेन्डको भिडियोले मिस पबीलाई एकाएक स्टार बनायो । त्यसपछि उनले म्युजिक भिडियोहरू हुँदै टेलिभिजन शो ‘कमेडी दरबार’ मा आफ्नो उपस्थिति जमाएकी छिन् ।
म्युजिक भिडियो झैँ एकाएक ठूलो पर्दामा छाउने आशा देखेकी मिस पबीलाई चलचित्र क्षेत्रमा भने सहज यात्रा मिलेको देखिँदैन । चलचित्र क्षेत्रमा उनको यात्रा उतारचढावपूर्ण देखिएको छ ।
‘राजमहल’ नामक सिनेमाबाट डेब्यु गर्ने चर्चा चल्दै गर्दा पाँचतारे होटलमा विशेष कार्यक्रमसमेत गरी कलाकार सार्वजनिक गरियो । तर, यो चलचित्रको निर्माण प्रक्रिया अलपत्र परेको छ र हालसम्म यसको भविष्य अनिश्चित छ ।
त्यसपछि उनी चलचित्र ‘माग्ने राजा’ मा अनुबन्धन भएको खबर आयो । यो नै उनको डेब्यू सिनेमा बन्न पुग्यो । तर, संवाद अभिव्यक्तिमा कमजोरी देखिएकाले उनले पाएको भूमिकामा केही छोटाइएको बताइन्छ । यो खबर सार्वजनिक भएपछि ‘मिस पबी’को अभिनय क्षमतालाई लिएर प्रश्न उठ्यो ।
यतिबेला मिस पबी अर्को नयाँ चलचित्र ‘किन लाग्छ माया’ मा अनुबन्धित भएकी छन् । अघिल्ला सिनेमामा लगातार असफल प्रयासहरू देखिए पनि उनले यो चलचित्रबाट सफलता पाउने आशा गरेकी छन् ।
तर, यो चलचित्र निर्माण पुरा भइ रिलिज नहुँदासम्म केही ठोकुवा गर्न नसकिने यथार्थ पनि छ । अबको प्रतीक्षा यही हो, के ‘किन लाग्छ माया’ मिस पबीका लागि टर्निङ पोइन्ट बन्न सक्ला ?
https://www.facebook.com/reel/570643295856908