‘दुश्मन हेरेको हेर्यै’ले १० करोड भ्युज पाएपछि दुर्गेशले दोहोर्याए– दुर्गेश नाम होइन, ब्रान्ड हो

काठमाडौं । गायक दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेर्यै’ले १० करोड भ्युज पाएको छ । रिलिज भएको पाँच महिनामा यो गीतले १० करोड भ्युज पाएको हो ।
गीतमा शब्द, संगीत र स्वर नै दुर्गेशको छ । स्वरमा उनलाई समीक्षा अधिकारी र एलिना चौहानले पनि साथ दिएका छन् । एरेन्ज पनि दुर्गेशकै छ ।
गीतको भिडियोमा दुर्गेश, प्रियंका कार्की, कविता नेपालीलगायत छन् । भिडियो निर्देशन पनि दुर्गेश आफैँले गरेका छन् ।
यही गीतका कारण अहिले दुर्गेश सर्वाधिक स्टेज पफर्मेन्स गर्ने कलाकार बनेका छन् । उनी हेलिकप्टरसमेत लिएर कार्यक्रममा हिँड्ने गरेका छन् ।
उनलाई देशदेखि विदेशसम्म कार्यक्रमका लागि पुर्याउने गीत नै यही बनेको छ । सय मिलियन भ्युज पुगेको खुसीमा दुर्गेशले भनेका छन्, ‘दुर्गेश नाम होइन, ब्रान्ड हो ।’