‘चलचित्र विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै

काठमाडौं । सरकारले आज ‘चलचित्र विधेयक, २०८१’ सदनमा पेस गर्ने भएको छ ।

राष्ट्रियसभाको आज बस्ने बैठकमा यो विधेयक पेस हुने भएको हो ।

दिउँसो सवा १ बजे बस्ने बैठकमा ‘चलचित्र विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

चलचित्रकर्मीले थुप्रै संशोधन आवश्यक रहेको भनिएको विधेयक जस्ताको तस्तै प्रस्तुत हुन लागेको हो । यसमा संशोधन नभए सिनेमामा धेरै कुरा संकुचन हुने चलचित्रकर्मीहरूले बताउँदै आएका छन् ।