कम उमेरका चलचित्र निर्देशक को हुन् ?
काठमाडौं । चलचित्र ‘लभ यू बाबा’को नाममा पनि एउटा रेकर्ड छ । विसं. २०७१ सालमा रिलिज भएको यो चलचित्रसँगै सौगात विष्टका नाममा पनि रेकर्ड रहेको छ ।
उल्लेखनीय पक्ष के हो भने सौगात र ‘लभ यू बाबा’को रेकर्ड नेपाली चलचित्र उद्योगमा मात्रै होइन संसारभरकै चलचित्र उद्योगमा रेडर्क कायम छ ।
सौगात विष्ट संसार कै कम उमेरका चलचित्र निर्देशक हुन् । संसारमै सबैभन्दा कम उमेरमा चलचित्र निर्देशन गर्ने निर्देशक हुन् ।
सौगातले ८ वर्षको उमेरमा चलचित्र निर्देशन गर्दै वर्ल्ड रेकर्ड राखेका हुन् ।
‘लभ यू बाबा’ ०७१ मंसिर २८ गते प्रदर्शनमा आएको थियो । सौगातले गिनिज बुक अफ वल्र्ड रेकर्डमा विश्व कै कान्छो निर्देशकको रूपमा आफ्नो नाम उल्लेख छ ।
यो चलचित्रमा गजित विष्ट, अशिष्मा नकर्मी, निर्मल शर्मा, संगम विस्ट, निश्मा घिमिरेलगायत कलाकारहरूको अभिनय रहेको थियो । सुब्रत आचार्य र अनु शाह पनि चलचित्र ‘लभ यू बाबा’मा अतिथि भूमिकामा देखिएका थिए ।
यस चलचित्रले आमा नभएकी बालिका जसलाई आमाको अभाव हुन नदिन आफ्ना बाबाले गरेको संघर्षलाई समेटेको थियो । चलचित्रमा गजित बिस्टको कथा र गम्भीर विस्टको पटकथा तथा संवाद रहेको थियो । चलचित्र ‘लभ यू बाबा’लाई दिव्यराज सुवेदीले खिचेको थिए । ।
चलचित्रमा प्रितम पाण्डेको सम्पादन, सत्य–स्वरूप, डेनी निरौला, दीपक शर्मा र प्रदीप बास्तोलाको संगीत रहेको थियो । कृष्णहरि बराल, शान्तिप्रिय, चन्द्रमणी भट्टराई, प्रदीप वास्तोलाले गीत लेखेका थिए ।



