‘आ बाट आमा’को गीत ‘लैजा खबर ए हावा’को नेवारी भर्सनमा

काठमाडौं । आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘आ बाट आमा’को ‘लैजा खबर ए हावा’बोलको गीत नेवारी भर्सनको गीत रिलिज भएको छ ।

निर्माण टिमले बिहीबार नेवारी भर्सनको गीतलाई ओएसआर युट्युब च्यानलमार्फत रिलिज गरेको हो । नेवारी भर्सनको गीतमा गायक तथा कलाकार यमन श्रेष्ठले गाएका छन् ।

केहि दिनअघि रवि ओड गाएको ओर्जिनल गीत ‘लैजा खबर ए हावा’लाई दर्शकले अत्यधिक रुचाएका छन् । नेवारी भाषामा यही गीत गाएका यमनले नेवाली भर्सनमा गाउँदा आफू निकै खुशी भएको बताए । बाबुल गिरीको शब्द संगीत रहेको यो गीतलाई नेवारी भाषामा कलाकार मदन कृष्ण श्रेष्ठले ट्रान्सलेट गरेका हुन् ।

निर्देशक चन्द्र पन्तले फिल्ममा नेपालीका अलवा नेवारी भाषामा गीत रेकर्ड गरिएको र स्रोता दर्शकले मन पराउनेमा आफू ढुक्क रहेको बताए । उनी नेपाली र नेवारी भाषा बाहेक अन्य भाषामा पनि यो गीत रेकर्ड गर्ने बिचारमा छन् ।

आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यसमा फिल्म विपना थापा, पल शाहका अलवा प्रदीप रावत,उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीलगायत कलाकारको मुख्य भूमिका रहेको छ ।