कस्तो छ प्रमोद अग्रहरिको डेब्यु बंगलादेशी सिनेमा ‘हाङ्गोर’को टिजर ?

काठमाडौं । अभिनेता प्रमोद अग्रहरिले डेव्यु गरेको बंगाली सिनेमाको टिजर सार्वजनिक भएको छ । बंगलादेशी एक्सन सिनेमा ‘हाङ्गोर’को टिजर सार्वजनिक भएको हो, जससमा प्रमोद केन्द्रमा देखिएका छन् ।

यो टिजरले अहिले नेपालमा राम्रो चर्चा पाइरहेको छ । प्रमोद टिजरको केन्द्रमा छन् । समुन्द्रमा गुण्डाहरूसँग भिडिरहेका प्रमोदलाई टिजरमा केन्द्रमा देख्न सकिन्छ । प्रमोदलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ ।

तनमोय सुर्जो निर्देशित चलचित्रमा प्रमोदसँगै तमिना अथोई, अर्नब खानलगायतको अभिनय छ । बंगाली भाषामा निर्माण भएको सिनेमालाई हिन्दी र अंग्रेजी भाषासहित विदेशमा समेत रिलिज हुने बताइएको छ ।

https://www.facebook.com/share/v/17x7rBLoEg