ओटीटी प्लेटफर्म ‘युएनए डिजिटल’को शुभारम्भ
काठमाडौं । नेपालमा नयाँ नेपाली ओटीटी प्लेटफर्म ‘युएनए डिजिटल’लन्च भएको छ । संचार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल,चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ओटीटी शुभारम्भ गरेका हुन् ।
यो शुभारम्भ भएसँगै हलमा फिल्म तथा सिरिज हेर्न नपाएका दर्शकका लागि ओटिटिमार्फत हेर्न पाउने सुविधाको सुरुवात भएको छ । यसको सुरुवातसँगै यसले विश्व बजारमा आफ्नो पहुँच पुर्याउने विश्वा व्यक्त गरिएको छ ।
यस कम्पनीका सीइओ, फिल्म वितरक तथा निर्माता उज्वल गुरागाइँ हुन् । उनका अनुसार दर्शकले फेब्रुअरी १ तारिख (१८ माघ) देखि यो ओटीटीमा फिल्म, शो र ओरजिनल सिरिज हेर्न पाउनेछन् ।
आगामी १ फेब्रुअरीदेखि प्रयोगकर्ताले एप्पलको आईओएस र गुगल प्ले स्टोरमा उपलब्ध एपसहित ब्राउजर र टिभी संस्करण प्रयोग गर्न पाउने सीइओ गुरागाइँले बताए ।
उनले भने, “यो ओटीटी सुरुवात गरेका छौँ । यसले नेपाली फिल्म तथा निर्माताहरुलाई जोगाउँछु । त्यसका लागि नै नयाँ युगको सुरुवात गरिएको हो ।”
यस ओटिटिमार्फत दर्शकले आशिष ढकालको सिरिज ‘सम्बन्ध तिम्रो मेरो’, ‘क्राइम इन स्टोरी’त्यसै गरि अभिनेता सलोन बस्नेतको फिल्म ‘रुम नम्बर ८’ प्रदर्शनमा आउन लागेको जानकारी दिइएको छ ।
निर्माण पक्षले सलोन बस्नेतले निर्माण गर्न लागेको यस फिल्मलाई ओटीटी प्लेटफर्ममार्फत पहिलो फिल्मका रुपमा रिलिज गर्न लागेको हो ।
सीइयो गुरागाइले नै निर्माण गर्न लागेको ‘रियल रिदम’ओटीटीमा राखिनेछ । यसै कम्पनीले निर्माण गरेको अर्को सिरिज ‘चोइज’, ‘सिनेपट न्युज’ आयुसा महर्जनको होस्टमा ‘चेलीबेटी’साथै ‘काठमाडौं नाइट’पनि यसबाट प्रसारण हुनेछ ।
यसका लागि नेपाल र विदेशका लागि अलग–अलग ‘ओटीटी विन्डो’ सहित कन्टेन्ट क्रमशः ल्याउने तयारी निर्माण पक्षको छ । यो गुरागाइका अनुसार सुरुवात १४ फेब्रुअरीदेखि हुनेछ भने सब्सक्राइब शुल्कबारेको जानकारी चाँडै दिइने भएको छ ।



