‘आई एम जीत बहादुर’मा वर्षा राउत अनुबन्धित
काठमाडौं । कलाकार जितु नेपालको निर्माण रहने चलचित्र ‘आई एम जीत बहादुर’मा वर्षा राउत अनुबन्धित हुने भएकी छन् । निर्माणपक्षले वर्षासँग कागजी सम्झौता गरेको हो ।
वर्षा जितुको अपोजिटमा देखिने छिन् । ‘आई एम जीत बहादुर’लाई सुभेन्दू घोषले निर्देशन गर्नेछन् । चलचित्रमा कथा पनि निर्देशक स्वयंको रहनेछ । निर्माण भने जितु नेपालको रहनेछ ।
कर्मभूमि क्रिएसनको प्रस्तुति रहने चलचित्र माघ १ गतेबाट छायांकनमा जानेछ । कार्यकारी निर्मातामा निश्चल कुवर र निराज नेपाल रहनेछन् ।
सुभेन्दू घोषले चार/पाँचवटा हिन्दी चलचित्र निर्देशन गरिसकेका छन् । ‘आई एम जित बहादुर’को डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ ।
यो चलचित्रको पोस्टप्रोडक्सनको काम भारतमा हुनेछ ।



