सोलो भूमिकामा देखिँदै आकाश श्रेष्ठ

काठमाडौं । नायक आकाश श्रेष्ठ केही वर्षदेखि ठूलो पर्दामा मुख्य नायकको रुपमा देखिएका छैनन् । आकाशले यो बीचमा केही फिल्ममा भने केमियो भूमिकामा काम गरेका थिए ।

अब भने आकाशको फिल्ममा कमब्याक पक्का भएको छ ।
नायक श्रेष्ठले यसअघि ‘जय शम्भु र दान्भी’ जस्तो एक्सन फिल्म निर्देशन गरेका निर्देशक रुपेश तामाङको अनटाइटल प्रोजेक्टबाट फिल्ममा कमब्याक गर्ने पक्का भएको हो ।

आज आकाश र निर्माणपक्षबिच संझौता भएको छ । फिल्मलाई पूर्ण रुपमा एक्सन जनरामा बनाउने र आकाशलाई यसअघि नदेखिएको अवतारमा देखाउने तयारी रुपेशको छ ।
आकाश पनि यो फिल्मलाई लिएर निकै उत्साहित देखिएका छन् ।

आकाशले दर्शकको प्रतिक्षा विशेष हुने तर्क गरे ।
यो फिल्मको कथा सुमन गजमेरले तयार पारेका हुन् । फिल्मको छायांकन फागुनको अन्तिमबाट सुरु गर्ने तयारी रुपेशको छ ।

फिल्मको नाम, अन्य कलाकार र प्राविधिकहरुको बारेमा जानकारी एकपछि अर्को रुपमा गराउँदै लैजाने निर्माणपक्षले बताएको छ । जुना फिल्मस्को ब्यानरमा यो फिल्म निर्माण हुनेछ ।