‘आ बाट आमा’को गीत ‘जाँदैछु नौ डाँडा काटेर’ रिलिज
काठमाडौं । माघ १६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘आ बाट आमा’को अर्को गीत रिलिज भएको छ । गीतको भावले परदेशिन लागेको कुरालाई प्रस्टयाएको छ ।
गीतको भिडियोमा अभिनेता पल शाह, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त लगायतलाई देख्न सकिन्छ ।
यो गीतलाई किरण परियारले गाएका छन् भने अभि सुनारले शब्द संगीत भरेका छन् । गीतको एरेन्ज विशाल निरौलाले गरेका हुन् ।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यसमा फिल्म विपना थापा, पल शाहका अलवा प्रदीप रावत,उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीलगायत कलाकारको मुख्य भूमिका रहेको छ ।
चन्द्र पन्तको निर्देशन रहेको यस फिल्मको कथा तथा पटकथामा उनी स्वयले लेखेका हुन् । फिल्ममा संगीत कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको छ । गायनमा रबि ओड, किरण परियार र नेपाली भर्सनमा यमन श्रेष्ठको स्वर सुन्न सकिन्छ ।
नवराज उप्रेतीको डिओपी रहेको यस फिल्ममा अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन् । फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने करण सिंह रसाली कार्यकारी निर्माता रहेका छन् ।
सम्पादन मिलन श्रेष्ठको छ भने ट्रेलर र टिजर साहिल खानले निर्माण गरेका छन् ।



