रबिन र दिनेशको र्याप म्युजिक भिडियो ‘आक्रमण’ सार्वजनिक
काठमाडौं । रबिन बोगटीको निर्देशन तथा अभिनय रहेको र्याप म्युजिक भिडियो ‘आक्रमण’ सार्वजनिक गरिएको छ । सार्वजनिक भिडियोमा समाजमा रहेका नकारात्मक प्रवृत्तिलाई प्रोत्साहन गर्ने गलत मनसाय भएका व्यक्तिहरूको चरित्र चित्रण गरिएको छ ।
र्यापर दिनेश साउदको ‘आक्रमण’को भिडियोमा रबिन बोगटी, विकास खनाल, प्रभाकर न्यौपाने, कुँवर सेन्डी, विकास थापा, लाल बहादुर रावत लगायत कलाकारहरुले अभिनय गरेका छन् ।
म्युजिक भिडियोलाई रेवत श्रेष्ठले खिचेका छन् ।




