नेपाली चलचित्रको पहिलो महिला सम्पादक को हुन् ?
काठमाडौं । नेपाली समाज पुरुषप्रधान समाज हो । हरेक क्षेत्रमा पुरुषको बोलाबाला हुन्छ । सिनेमा क्षेत्रमा त झनै धेरै पुरुषको बोलाबाला छ ।
तर, यही पुरुषप्रधान समाज र चलचित्र क्षेत्रमा रक्षा सिंह राणाको नाममा एउटा रेकर्ड छ । रक्षा नेपाली चलचित्र उद्योगको पहिलो महिला चलचित्र सम्पादक हुन् ।
वि.स. २०५८ सालमा प्रदर्शनमा आएको चलचित्र ‘इज्जत’बाट उनले चलचित्र सम्पादनको काम सुरु गर्दा उनका नाममा पहिलो महिला चलचित्र सम्पादकको रेकर्ड बन्न गयो ।
उनले रेकर्डमा मात्रै रोखिनन्, यसैलाई करियर बनाइन् । रक्षाले ‘मेरी आमा’ (२००४), ‘मुगलान’ (२००५), ‘त्रिदेव’ (२०१०), ‘नारी’ (२०११)लगायत थुप्रै चलचित्रको सम्पादन गरेकी छन् ।
चलचित्र सम्पादकलाई चलचित्रको दोस्रो निर्देशक पनि भनिन्छ । रक्षा सम्पादक मात्रै सीमित रहिनन् । निर्देशनमा पनि उक्लिइन् । रक्षाले चलचित्र ‘द गेम’ निर्देशन गरिन् । उनले ‘द गेम’ २०११ मा निर्देशन गरेकी थिइन् ।
रक्षा निर्देशक समाजको अध्यक्ष समेत बनेकी थिइन् । निर्देशकहरूको छाता संस्था निर्देशक समाजको नेतृत्व उनले ०७६ मा उनले सम्हालेकी थिइन् ।




