युट्युबमा रिलिज भयो चलचित्र ‘ऊनको स्वीटर’

काठमाडौं । नेपाली कथानक चलचित्र ‘ऊनको स्वीटर’ अन्ततः डिजिटल प्लेटफर्म युट्युबमा निःशुल्क हेर्न सकिने भएको छ । निर्माण कम्पनी आर्टमाण्डुले आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत चलचित्र युट्युबमा सार्वजनिक गरेको हो ।

नेपाल र भारतका हलहरूमा लामो समयसम्म सफल प्रदर्शन भएपछि निर्माण पक्षले सबै दर्शकलाई लक्षित गर्दै डिजिटल प्लेटफर्ममा रिलिज गरेको हो ।

यो चलचित्रले नेपालमा करिब १२ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको थियो । नेपालमा ४० भन्दा बढी हलमा र भारतका केही हलमा ५१ दिन मनाएको थियो ।

भारतमा सिक्किमको गान्तोकसहित पूर्वोत्तरका विभिन्न सहरहरू दार्जिलिङ, कालिम्पोङ र आसाम हुँदै मुम्बई, दिल्ली, पुणे, बैंगलोर र केरलासम्म पुगेको थियो । फ

नवीन चौहानको निर्देशन रहेको चलचित्रमा विपिन कार्की, मिरूना मगर, एलेक्स पारस, परीक्षा लिम्बु र सुनील पोखरेलको मुख्य अभिनय रहेको छ ।