कृषाको ‘पारस’मा जसिता गुरुङ अनुबन्ध

काठमाडौं । निर्देशक कृषा चौलागाईंको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘पारस’का लागि अभिनेत्री जसिता गुरुङ अनुबन्धित भएकी छन् । उनलाई निर्माण पक्षले शनिबार ‘पारस’का लागि अनुबन्ध गरेको हो ।

यसअघि निर्माण पक्षले अभिनेता निखिल उप्रेतीलाई अनुबन्ध गरेको समाचार बाहिरिएको थियो । निखिलको अपोजिटमा जसिता देखिने छैनन् ।

यो चलचित्रमा अर्का एक अभिनेतामा पनि हुनेछ, जोसँग जसिताको जोडी बाँधिने जनाइएको छ ।

जसिताले ‘जेरी अन टप’ पछि यो चलचित्र साइन गरेकी हुन् ।

दुवै पक्षबीच चलचित्रका लागि कागजी सम्झौता भएको निर्देशक चौलागाईंले बताइन् ।

केपी फिल्म्सको व्यानरमा निर्माण हुने चलचित्रलाई भारतीय पटकथाकार सचिन लादियाले लेखेका छन् ।

आगामी फागुनबाट फ्लोरमा जाने यस चलचित्रलाई पुरुषोत्तम प्रधानले खिच्ने छन् ।