चलचित्र ‘कल्ली’को प्रदर्शन स्थगित

काठमाडौं । फागुन–१ गतेलाई रिलिज डेट लिएको चलचित्र ‘कल्ली’ सरेको छ । निर्वाचनको कारण देखाउँदै चलचित्र ‘कल्ली’ पछि सरेको हो ।

नयाँ सरकारको गठन र निर्वाचनपछिको सहज वातावरण बनेपछि ‘कल्ली’को नयाँ प्रदर्शन मिति घोषणा गर्ने निर्माणपक्षले जनाएको छ ।

लक्ष्मण सुनारको लेखन तथा निर्देशन रहेको ‘कल्ली’मा सौगात मल्ल, बेनिशा हमाल, नाजिर हुसेन, अर्पण थापालगायत कलाकारको अभिनय छ ।