फ्राइडे रिलिजमा द ब्ल्यू लाइट’ र ‘आ बाट आमा’ प्रदर्शन
काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आजबाट दुईवटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । ‘द ब्ल्यू लाइट’ र ‘आ बाट आमा’ प्रदर्शनमा आएका हुन् ।
‘द ब्ल्यू लाइट’लाई बलिराम चौहान र र ‘आ बाट आमा’लाई चन्द्र पन्तले निर्देशन गरेका छन् ।
‘द ब्ल्यू लाइट’मा बेनिशा हमाल, अर्पण थापा, श्रृष्टि श्रेष्ठ, आयुशमान देशराज जोशी, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन् । बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।
स्काइफल पिक्चर्सले प्रस्तुत गरेको’द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् । कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन् ।
नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रमा आकाश उखेडा मख्य सहायक निर्देशक छन् । रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक हुन् ।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको ‘आ बाट आमा’मा पल शाह, विपना थापा, प्रदीप रावत,उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट, बेगम नेपाली लगायत कलाकारको मुख्य भूमिका रहेको छ ।
चलचित्रमा निर्देशक पन्तकै कथा तथा पटकथा रहेको छ । अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेको यस फिल्मलाई नवराज उप्रेतीले खिचेका हुन् ।
चलचित्रमा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ ।




