पत्रकार दिनेश सिटौलाको निधन
काठमाडौं । चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले आज दिउँसो ब्रेन ह्यामेरेजका कारण उनको निधन भएको घोषणा गरेको हो ।
अस्पतालले दिउँसो १२ः४५ बजे सिटौलाको निधन भएको घोषणा गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र उनको टिमसँग माघ १६ गते सिटौला अछाम पुगेका थिए ।
अछाममा बेहोस भएपछि स्थानीय अस्पतालमा भर्ना गरिएको र त्यसपछि सेनाको हेलिकोप्टरमा तत्काल सुर्खेत हुँदै स्काइट्रकमार्फत उपचारका निम्ति काठमाडौं ल्याइएको थियो ।
नुवाकोटका ४५ वर्षीय सिटौला चलचित्र पत्रकारिता गर्दै आएका थिए । उनी संघका निवर्तमान अध्यक्ष हुन् ।




