‘द ब्लू लाइट’ को प्रदर्शन स्थगित
काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’ हलबाट उतारिएको छ ।
शुक्रबारदेखि प्रदर्शनमा आएको ‘द ब्ल्यू लाइट’ आजबाट देशभरका हलबाट उतारिएको गरिएको हो ।
चुनावी माहोलले चलचित्र हेर्ने वातावरण नरहेको भन्दै निर्माणपक्षले देशभरका हलबाट चलचित्रको प्रदर्शन स्थगित गरिएको निर्माणपक्षले जनाएको छ ।
“अहिले चलचित्र हेर्ने वातावरण देखिएन । देश चुनावी माहोलमा प्रवेश गरिसकेकाले चलचित्र हेर्ने वातावरण देखिएन,” निर्देशक बलिराम चौहानले भने, “सबैको ध्यान चुनावतिर भएको सयमा दर्शक चलचित्र हेर्ने मुडमा नरहेको देखेर हामीले तत्कालका लागि चलचित्र उतारेका हौँ ।”
उपयुक्त समय पारेर पुनः चलचित्र रिलिज गर्ने उनले बताए । “हामी उपयुक्त समय मिलएर पुनः द ब्ल्यू लाइटको रिलिज डेट घोषणा गर्नेछौँ,” उनले भने ।
साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको चलचित्र ‘द ब्ल्यू लाइट’ गत शुक्रबारबाट प्रदर्शनमा आएको थियो । यो चलचित्रमा बेनिशा हमाल, अर्पण थापा, आयुशमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन् । बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।
चलचित्रले राम्रो प्रतिक्रिया पाएको थियो । चलचित्रलाई बलिराम चौहानले निर्देशन गरेका छन् । स्काइफल पिक्चर्सले प्रस्तुत गरेको ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् । कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन् ।
नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रमा आकाश उखेडा मख्य सहायक निर्देशक छन् । रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक हुन् ।




