दिनेश सिटौलालाई ट्रिब्युट दिँदै ‘श्री बुकुरो’को टिजर सार्वजनिक

काठमाडौं । फागुन १ गते प्रदर्शनमा आउने चलचित्र ‘श्री बुकुरो’को टिजर सार्वजनिक भएको छ । पत्रकार दिनेश सिटौलालाई ट्रिब्युट दिँदै सार्वजनिक गरिएको टिजरमा चिना मिलाउन गरिएको प्रयास छ ।

सुदीप भुपाल सिंह निर्देशित ‘श्री बुकुरो’को टिजरले चलचित्रको कथावस्तुबारे संकेत गरेको छ । विवाहका लागि चिना हेराउन पण्डितसहित बसेका दुई परिवार टिजरमा देखिन्छ ।

‘श्री बुकुरो’मा लक्ष्मी गिरी, आशीर्वाद क्षेत्री, निकिता आचार्य, प्रतीकराज न्यौपाने, रोशन कार्की, राजन इशान, दीपिका थापालगायतको अभिनय छ । चलचित्रलाई रुबी सेनले निर्माण गरेकी हुन् ।