नेपाली पहिलो महिला नृत्य निर्देशक को हो ?
काठमाडौं । नेपाली चलचित्र उद्योगमा रहेका थुप्रै ऐतिहासिक रेकर्डमध्ये एउटा रेकर्ड रेनेशा राईको नाममा पनि छ । यो कहिल्यै नमेटिने रेकर्ड हो । बक्सअफिस कलेक्सनलगायत केही रेडर्क तोडिन पनि सक्छन्, तर, केही रकेर्ड यस्ता हुन्छन्, जुन बने पछि बन्यो, कहिल्यै तोडिँदैनन् ।
पछिल्लो समय सिनेमा हल व्यवसायी र निर्देशक रहेकी उनको प्रवेश चलचित्र उद्योगमा नृत्य निर्देशकका रुपमा भएको थियो ।
नेपाली चलचित्र उद्योगको रेनेशा पहिलो नेपाली महिला नृत्य निर्देशक हुन् । उनले सुदर्शन थापा निर्देशित ‘मेरो एउटा साथी छ’ बाट चलचित्रमा नृत्य निर्देशनको यात्रा सुरु गरेकी थिइन् ।
‘मेरो एउटा साथी छ’मा उनले नृत्य निर्देशकको रुपमा काम गरिहँदा पहिलो महिलो नृत्य निर्देशकको रेकर्ड पनि बनिरहेको थियो । यसअघिसम्म पुरुष मात्रै नृत्य निर्देशक रहने गरेका थिए ।
‘मेरो एउटा साथी छ’ विसं. २०६६ कात्तिक ११ गतेबाट प्रदर्शनमा आएको थियो । यो चलचित्र सफल पनि भएको थियो । यसका गीत पनि हिट भएका थिए । रेनेशमा म्युजिक भिडियोबाट चलचित्रमा आएकी हुन् ।
रेनेशाले ‘धर्मा’, ‘प्रेमगीत’, ‘हाउफन्नी’, ‘भिषागर्ल’लगायत दर्जनौं चलचित्रका गीत हिट छन् ।
नृत्य निर्देशकपछि उनी फिचर फिल्म निर्देशनतिर लागिन् । ‘इन्टुमिन्टु लण्डनमा’ र ‘ज्याकी आई एम ट्वन्टी वन’ उनले निर्देशन गरेका चलचित्र हुन् ।




