नीर शाहको ‘कमला मिस’को राजधानीमा धमाधम छायांकन

काठमाडौं । फागुन–१ गते शुभमुहूर्तसँगै छायांकन भइरहेको नीर शाहको निर्देशन रहेको चलचित्र ‘कमला मिस’को राजधानीमा धमाधम छायांकन चलिरहेको छ । कमला मिस’ मार्फत नीर शाह एक दशकपछि निर्देशनमा पुनः फर्किएका हुन् ।

मनोवैज्ञानिक विषयवस्तुमा आधारित यस चलचित्रमा मुख्य कलाकारको रूपमा बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी रहेका छन् । रमेश बुढाथोकी पनि मुख्य भूमिकामा देखिनेछन् ।

चलचित्र विजय मल्ल स्मृति प्रतिष्ठानको प्रस्तुतिमा निर्माण भइरहेको छ । कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान, लाइन प्रोड्युसर पुष्कर लामा (प्रेम भोम्जन), छायांकन शिवराम श्रेष्ठ, संगीत युग भुसाल, कोरियोग्राफी रामजी लामिछाने, निर्माण व्यवस्थापन भोला सुबेदी र मुख्य सहायक निर्देशन सगर बोहराले सम्हाल्नेछन् । पटकथा तथा संवाद नीर शाह, प्रजाल दुलाल, सुगम दुलालले संयुक्त रूपमा तयार गरेका हुन् ।

नीर शाह नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि अभिनय, फिल्म निर्माण र निर्देशनमा सक्रिय रहँदै आएका छन् ।