कृषाको ‘पारस’मा सुशीलको इन्ट्री
काठमाडौं । चलचित्र ‘पारस’मा सुशील श्रेष्ठ अनुबन्ध भएका छन् । निर्माण टिमले बुधबार निरुता सिंहलाई अनुबन्ध गरेको थियो ।
निर्देशक कृषा चौलागाईंले सुशीलसँगको फोटो सेयर गर्दै पारसमा सुशीलाई अनुबन्ध गरेको जानकारी दिएकी छन् ।
“प्रतिभाशाली र आकर्षक सुशील श्रेष्ठलाई हार्दिक स्वागत छ,” उनले लेखेकी छन् ।
यसअघि यो चलचित्रमा निखिल उप्रेती नायकका रुपमा अनुबन्ध भइसकेका छन् । नायिकामा जसिता गुरुङ, प्रियंका कार्की, निरुता सिंहलाई निर्माण टिमले फिल्मका लागि अनुबन्ध गरिसकेको छ ।
प्रेमकथामा आधारित ‘पारस’लाई भारतीय पटकथाकार सचिन लादियाले लेखेका हुन् । उनले सन् २०१२ को चर्चित भारतीय फिल्म ‘ग्याङ्स अफ वासेपुर’को भाग १ र २ को पटकथा लेखनमा सहकार्य लादियालाई फिल्ममा लिएकी छन् । चुनाव लगत्तै फिल्मको छायांकन थाल्ने कृषाको तयारी छ ।


