किन पर्यो ‘रमिताको पिरती’को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट ?
काठमाडौं । दोस्रो हप्तामा प्रदर्शन भइरहेको चलचित्र ‘रमिताको पिरती’ प्रदर्शनमा रोक लगाउन माग गर्दै अदालतमा रिट दायर भएको छ ।
अधिवक्ता सृष्टि भट्ट र लक्ष्मी तामाङले उच्च अदालत पाटनमा प्रदर्शन रोक्न माग गर्दै आज रिट दायर गरेका हुन् ।
रिटमा चलचित्र विकास बोर्ड, निर्माता कम्पनी शिरो फिल्म्स प्रालि, निर्माता सागर लम्साललगायतलाई विपक्षी बनाइएको छ ।
चलचित्रले पुरुषप्रति घृणा एवं वितृष्णा फैलाउँदै सामाजिक सद्भाव खलबल्याउने रिटमा उल्लेख गरिएको छ ।
केन्द्रीय चलचित्र जाँच पास समितिले चलचित्र सेन्सर बोर्डले मूल्यांकनबिनै चलचित्र प्रदर्शन गर्न अनुमति प्रदान गरेको रिटमाा उल्लेख छ ।
‘रमिताको पिरती’मा धिरज मगर, आना शर्मा, समीर श्रेष्ठ, विनय श्रेष्ट लगायतको अभिनय छ । कार्यकारी निर्मातामा आना शर्मा छिन् । सुदीप्ताको निर्देशन रहेको छ ।


