पलका चलचित्र लगातार हिट भएपछि ‘मोहर–२’ निर्माणको घोषणा
काठमाडौं । चलचित्र ‘मोहर’को सफलतापछि ‘मोहर–२’ निर्माण हुने भएको छ । निर्माणपक्षले शुक्रबार ‘मोहर–२’ निर्माणको घोषणा गरेको हो ।
फिल्ममेकर प्राइभेट लिमिटेडले ‘मोहर–२ फिल्मिङ सुन’ भन्दै चलचित्र निर्माणको घोषणा गरेको हो । चलचित्रलाई ओम प्रतीकले निर्देशन गर्नेछन् । लेखन पनि उनकै रहनेछ ।
साउन २४ गते रिलिज भएको चलचित्र ‘मोहर’ले ५ करोडभन्दा माथि ग्रसकलेक्सन गरेको थियो । यो चलचित्रमा पल शाह मुख्य भूमिकामा थिए । अहिले हलमा रहेको पलकै अर्को चलचित्र ‘आ बाट आमा’ले पनि राम्रो कमाइ गरेपछि ‘मोहर’ निर्माता कम्पनी फिल्ममेकर प्राइभेट लिमिटेडले ‘मोहर–२’ निर्माणको घोषणा गरेको हो ।
ओम प्रतीकको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुनजंग शाही, लक्ष्मी गिरी, सारा शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको थियो ।
यो चलचित्रले देउकी प्रथाको कथा उठान गरेको थियो ।


