मुन्द्रे र मुन्नीले सुरु गरे ‘कार्की साइँला’को छायांकन

काठमाडौं । अभिनेता जितु नेपाल (मुन्द्रे) र प्रियना आचार्य (मुन्नी) को मुख्य भूमिका रहने चलचित्र ‘कार्की साइँला’को छायांकन सुरु भएको छ ।

राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण हुने चलचित्रको निर्माण टिमले मंगलबारबाट धनकुटाबाट छायांकन सुरुवात गरिएको हो ।

एक महिनाको सेड्युलमा छायांकन थालिएको चलचित्रका लागि पहिलो सट जितु र प्रियनाले दिए थिए । यसमा उनीहरू श्रीमान्-श्रीमतीको भूमिकामा देखिने जनाइएको छ । यो जितु र प्रियनाको पहिलो सहकार्य हो ।

निर्देशक बस्नेतका अनुसार ‘कार्की साइँला’को छायांकन धनकुटा, बराहक्षेत्र र चतरामा हुनेछ ।

कर्णबहादुर फिल्मस् प्रालीको व्यानरमा निर्माण हुने चलचित्रमा जितु र प्रियनाका अलावा सुशील पोखरेल, बिरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई, कमल देवकोटा लगायतका कलाकारहरुको अभिनय रहने छ ।

कृष्ण भगत चाम्लिङको प्रस्तुती रहेको चलचित्र ‘कार्की साइँला’को निर्मातामा बालकुमार राई रहेका छन् ।

डम्बर राईको छायांकन रहने यस चलचित्रमा किरण दाहालको द्वन्द्व निर्देशन तथा दिप्सन लिम्बूको संगीत रहनेछ ।