‘परालको आगो’को फर्स्ट लुक्समा सुहाना, सौगात र प्रकाश कस्तो देखिए ?

काठमाडौं । चलचित्र ‘परालको आगो’को फर्स्ट लुक्स सार्वजनिक भएको छ । बिहीबार निर्माण टिमले पहिलो पोस्टर रिलिज गरेको हो ।

सार्वजनिक पोस्टरमा मुख्य तीन पात्र सुहाना थापा, सौगात मल्ल र प्रकाश सपूतलाई देख्न सकिन्छ । तीन पात्र गम्भीर मुद्रामा देखिन्छन्ज । सुहानाले सिउँदोमा सिन्दुर, निधारमा टीका लगाएकी छन् । तर, पनि उनी खुसी दखिन्न् ।

प्रकाश सपूत घुम ओडेर रसिला आँखामा छन् । प्रकाश र सौगात मल्लको अनुहार रुन्चे देखिन्छ ।

लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको यो चलचित्रमा परिवेश, पारिवारिक सम्बन्ध र समाजभित्र लुकेका मनोवैज्ञानिक तथा भावनात्मक संघर्षलाई फिल्मले उठान गर्ने अनुमान गरिएको छ।

पोस्टरमा देखिएको आगोको झिल्को र अँध्यारो पृष्ठभूमिले कथा प्रतीकात्मक रूपमा ‘परालको आगो’जस्तै सानो कारणले ठूलो परिणाम निम्त्याउने विषयवस्तुमा केन्द्रित हुनसक्ने संकेत गर्छ ।

यो चलचित्रमा सौगात मल्ल, प्रकाश सपूत, सुहाना थापा, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने, बाल कलाकार मन्जिला बाँनिया लगायतले अभिनय गरेका छन् ।

हरि ॐ सिने मेकर्स प्रालिको निर्माणमा बनेको यस चलचित्रका निर्माता सुशील पोखरेल हुन् । सुशील देवकोटाले लेखेको यस चलचित्रमा छायांकार संकल्प भुजेल छन् । वैशाख ११ गतेबाट प्रदर्शनमा आउनेछ ।