चलचित्र ‘लालिमा’को ट्रेलर ट्रेन्डिङमा

काठमाडौं । चलचित्र ‘लालिमा’को ट्रेलर युट्युबको ट्रेन्डिङमा परेको छ ।

शनिबार सार्वजनिक ट्रेलर चौबिस घण्टा नबित्दै युट्युबको फिल्मतर्फ ट्रेन्डिङ नम्बर ४ मा पर्न सफल भएको हो ।

लेखक तथा निर्देशक रोशन मिराजले यौनकर्मीहरूको वास्तविकतालाई पर्दामार्फत उजागर गर्ने उद्देश्यले बनाएको यस चलचित्रमा नायिका रोश्नी कार्की शीर्ष भूमिमामा छन् ।

नायक जीवन भट्टराईका साथमा उषा रजक, सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देल मुख्य भूमिकामा छन् । ट्रेलरमा यी सबै पात्रलाई समेटिएको छ ।

‘लालिमा’ फागुन २९ मा प्रदर्शनमा आउँदै छ ।

सार्वजनिक ट्रेलरमा नायिका रोश्नीलाई केन्द्र भागमा राखिएको छ । उनलाई यौनकर्मीको चरित्रमा देखाइएको छ । ट्रेलरले उनी र नायक जीवन प्रेम सम्बन्धमा रहेको बताउँछ ।

यौनकर्ममा लागेकी ‘लालिमा’को जीवनमा आउने उत्तारचढावको कथामा चलचित्रको कथा हो ।