तीन दिन सिनेमा घर बन्द हुँदै

काठमाडौं । निर्वाचनलाई लक्षित गर्दै तीन दिन सिनेमा हल बन्द हुने भएका छन् । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै फागुन २०, २१ र २२ गते सिनेमा घरहरू बन्द हुने भएका हुन् ।

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले कर्मचारीलाई मतदानका लागि प्रोत्साहन गर्ने भन्दै धेरै जसो हल तीन दिन बन्द हुने जनाएको छ ।

“२१ फागुन २०८२ को निर्वाचनलाई सहजीकरण गर्न क्यूएफएक्सका सबै हलहरू बन्द रहनेछन् । साथै, हाम्रा सबै कर्मचारीहरूलाई मतदान गर्न प्रोत्साहन गरिएकाले केही स्थानका हलहरूको सेवा फागुन २० र २२, २०८२ मा प्रभावित हुनेछ,” क्यूएफएक्सले फेसबुक पेजमा सूचना जारी गर्दै लेखेको छ, “कृपया हलमा आउनु अघि हाम्रो आधिकारिक एप वा वेबसाइट हेर्न आग्रह गरिन्छ ।”

निर्वाचनका तीन दिनको अवधिभर दर्शकको साथको अपेक्षा गर्दै, सबै नागरिकलाई आफ्नो मताधिकार प्रयोग गर्न पनि क्यूएफएक्सले आग्रह गरेको छ ।

अहिले तीनवटा नेपाली चलचित्रसहित आठवटा चसिनेमा हलमा छन् । ‘आ बाट आमा’, ‘रमिताको पिरती’ र ‘परवासी जीवन’सहित आठवटा चलचित्र हलमा प्रदर्शनरत छन् ।