‘हामी तीन भाइ’को टिजरमा दाजुभाइबीचको मिलन र खटपट
काठमाडौं । फागु पूर्णिमाको दिन पारेर चलचित्र ‘हामी तीन भाइ’को टिजर रिलिज गरिएको छ ।
टिजरमा एउटा गाउँका तीन भाइको कथालाई प्रस्तुत गरिएको छ । विनोद न्यौपाने, कुशल विष्ट र फलित राई एकदमै मिल्नेछन् । उनीहरु खेतबारी गोरुले झैँ आँफै नारिएर जोतिरहेको देखिन्छन् ।
आमा बुबाको माया नपाएका यी तीन भाइमध्ये एक दाजुको विनोदसँग खटपट पर्छ । टिजरले मिलेर बसेका दाजुभाइबीच विवाहपछिको सम्बन्ध खटपट र संघर्षलाई प्रस्तुत गर्छ ।
नेपाली समाजमा भएको कथालाई निर्देशक मधुसुधन भट्टराईले सिनेमामार्फत देखाउने प्रयास गरेका छन् ।
टिजरमा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल विष्ट, फलित राई, राजाराम पौडेल, रवीन्द्र झा लगायतलाई देख्न सकिन्छ ।
चलचित्रको निर्मातामा त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ रहेका छन् । कार्यकारी निर्माता विक्रम तामाङ रहेका छन् । सह–निर्माता भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे विशेष सहयोगी शम्भु कुमार केसी रहेका छन् ।
चलचित्रको पटकथा तथा सम्वाद शिवम् अधिकारीले लेखेका हुन् । शिव ढकालले खिचेको यस फिल्मको सम्पादन बनिश शाहले गरेका छन् । चलचित्र चैत १३ गतेबाट प्रदर्शनमा आउनेछ ।



