‘राम नाम सत्य’को एक्सनपूर्ण टिजरमा एंग्री विराज

काठमाडौं । चलचित्र ‘राम नाम सत्यः पर्दा भित्रको पर्दा’को टिजर सार्वजनिक भएको छ । टिजरमा एक्सन, सस्पेन्स, प्रेम र थ्रिल रहेको छ ।

टिजरमा विराज भट्टलाई एक्सन अवतार देख्न सकिन्छ । माइकल चन्दको निर्देशनमा तयार भएको यो चलचित्रमा विराजका साथमा सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुष सिंह ठकुरी, सुनिल थापा, प्रशान्त ताम्राकार, खुशी कार्की लगायतका कलाकारहरुको अभिनय छ । टिजरमा यी सबै कलाकारहरुलाई देख्न सकिन्छ ।

माइकल इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको यो चलचित्र चैत २७ गते रिलिज हुनेछ ।

चलचित्रमा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ । किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माता रहेको फिल्ममा क्रिएटिभ निर्माता मोती कार्की हुन् ।

राजेन्द्र आचार्य लाइन प्रोड्यूसर रहेको यो चलचित्रमा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी, नवा अन्सारीको संगीत छ ।

माइकल चन्दकै कथा र पटकथा रहेको चलचित्रमा मानकृष्ण महर्जनको डीओपी छ ।