यो वर्षको ११ महिनामा कति दर्शकले हेरे नेपाली चलचित्र ?

काठमाडौं । यो वर्ष एकाध चलचित्रले राम्रो ग्रसकलेक्सन गरे पनि अधिकांश चलचित्रले दर्शकको खडेरी झेल्नु परिरहेको छ ।

एकाध चलचित्रले राम्रै ग्रसकलेक्सन गरे पनि अधिकांशले भने लगानी सुरक्षित गर्न सकेका छैनन् । यो वर्ष सकिन अब एक महिना मात्रै बाँकी छ । चैत महिना बाँकी रहँदासम्म जम्मा ३७ लाख दर्शक नेपाली चलचित्र हेर्न हल गएका छन् ।

वैशाखदेखि फागुनसम्म ३७ लाख ६३ हजार ३२८ दर्शकले हल गएर नेपाली चलचित्र हेरेहका बक्सअफिस तथ्यांक रहेको छ ।

३७ लाख ६३ हजार ३२८ दर्शकले नेपाली चलचित्र हेर्दा १ अर्ब ७ करोड ९५ लाख ८६ हजार २६० रुपैयाँ नेपाली चलचित्रले ग्रसकलेक्सन गरेका छन् ।

यो ग्रसकलेक्सनका लागि सबैभन्दा धेरै योगदा ‘परान’, ‘आ बाट आमा’, ‘जेरी अन टप’ र ‘ऊनको स्वीटर’को छ ।

क्रमशः ‘परान’, आ बाट आमा’, ‘जेरी अन टप’ र ‘ऊनको स्वीटर’ले १७ करोड ८४ लाख ४७ हजार, १२ करोड ६६ लाख ९० हजार, १२ करोड २६ लाख ६ हजार र ११ करोड ४१ लाख रुपैयाँ ग्रसकलेक्सन गरेका छन् ।

बाँकी कलेक्सन अन्य चलचित्रको हो । अब यो वर्ष रिलिज हुन बाँकी रहेका चलचित्रले कस्तो व्यापार गर्छन्, त्यसका आधारमा यो वर्षको बक्सअफिस कलेक्सन कतिको हुने निर्धारण हुनेछ ।